बैशाख २१, २०८१, शुक्रबार
               

आज २ हजार ६०० संक्रमित थपिए

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा मुलुकमा २ हजार६३६ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थप २० जनाले कोभिडको कारण ज्यान गुमाएका छन् । मृत्युदर १.४२ प्रतिशत छ । कूल मृत्यु संख्या ९०७१ पुगेको छ ।

४३४८ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ५ लाख ९२ हजार जना निको भएका छन् । निको हुने दर ९३.०३ प्रतिशत छ ।

मंगलबारसम्म ३५ हजार ३१० सक्रिय संक्रमित छन् ।कूल संक्रमित संख्या ६ लाख ३६ हजार ९१६ पीसीआर र ३३ हजार ९४१ जना एन्टीजेनबाट संक्रमित पुष्टि भएका छन् ।

नेपालमा थप चार हजार ३४८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ९२ हजार ५३५ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि