जेठ ०३, २०८१, बिहीबार
               

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोनाभाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए । “कोरोनाभाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागु गरेर परीक्षा सञ्चालन गर्दछौँ,” उनले भने, “भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौँ । त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिल्यकै अवस्थामा पुर्‍याउँछौँ ।”

त्रिविको गत वर्ष भदौमा हुनुपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड–१९ का कारणले हुनसकेको छैन । पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि सुरु गर्न थालेको छ । त्यसपछि स्नातक तह कानुनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका रहेको छ ।

परीक्षा नियन्त्रक जोशीका अनुसार दसैँअगाडि २०७७ सालका परीक्षा सम्पन्न र दसैँपछाडि २०७८ सालका परीक्षा सुरु गर्ने तयारी छ । दसैँपछाडि स्नातक तहका चारै वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गरिने उनले बताए । दसैँअगाडि हुने परीक्षामा दुई लाख ५० हजार विद्यार्थी र दसैँपछाडिको परीक्षामा करिब ६ लाख परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए ।

विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र

पनिकाले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ । कोरोनाभाइरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर पनिकाले विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था गरिएको जोशीले बताए । योसँगै अब त्रिविको परीक्षा दिनका लागि काठमाडौँ आउने बाध्यता हटेको छ ।

“हामीले विद्यार्थीलाई परीक्षा फारामसँगै आफूलाई पायक पर्ने परीक्षा केन्द्र पनि छान्न भनेका छौँ,” उनले भने, “विद्यार्थीले जुन परीक्षा केन्द्र रोज्छन्, त्यही परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउनेछन् ।”

यो पनि