जेठ ०५, २०८१, शनिबार
               

दक्षिणकालीमा मृतावस्थामा भेटिएकी सन्तोषीको हत्या अभियोगमा एक युवक पक्राउ

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई हत्या अभियोगमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।  उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको प्रहरीको भनाइ छ ।  प्रहरीले उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । 

प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषीको हत्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए ।

प्रहरीका अनुसार आमा बिरामी हुनुहुन्छ भन्दै सुरेश राति ११ बजेतिर ट्याक्सी चढेर बल्खुतर्फ आएको पाइएको छ । आमालाई कुनै अस्पतालमा पुराएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी असन आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी  सुब्बाको रहेको बुधबार प्रहरीले पुष्टि गरेको थियो ।  प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो ।  प्रहरीका अनुसार टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो । 


कस्तो लाग्यो ?

यो पनि