जेठ ०४, २०८१, शुक्रबार
               

प्रहरी महानिरीक्षकसहितको फेक आइडी बनाउने पक्राउ

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

काठमाडौैं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगोलगायत दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्युरोको एसएसपी नविन्द अर्यालले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बस्ने २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जालमा दुरुपयोग गरी भ्रामक तथा भ्रमपूर्ण अफवाह फैलाएको कसुरमा लामिछानेलाई सोमबार भक्तपुरबाट पक्राउ गरिएको हो । काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

क्लबहाउसमा नेपालको प्रहरीको लोगो, पोसाक तथा प्रहरी अधिकारीको तस्वीर दुरुपयोग गरी प्रहरी अधिकारीकै नाममा फेक आइडी बनाएको पाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि