जेठ ०४, २०८१, शुक्रबार
               

सावधान निषेधाज्ञा मात्र खुकुलो हो, घटेको छैन संक्रमणको जोखिम
३० हजार सक्रिय संक्रमित हुँदा गरिएको लकडाउन ५४ हजार  पुग्दा खुकुलो

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा खुकुलो पारिए पनि पहिलाको भन्दा कोभिड–१९ को संक्रामक भेरियन्ट देखिएको र जोखिम नघटेका विज्ञहरुले बताएका छन् ।  कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण पनि जोखिम कम भइनसकेको जानकारहरू बताउँछन् .

जसकारण जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्न उनीहरुले सुझाव दिएका छन् । कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी निषेधाज्ञा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा मंगलबारदेखि खुकुलो भएपनि जोखिम उच्च रहेको बताइन्छ ।

गएको पुस, माघ, फागुनमा भारतमा संक्रमणको दोस्रो लहर बढ्दै जाँदा नेपालको अवस्था लगभग कोरोना मत्थर भइसकेको जस्तो देखिन्थ्यो । स्वास्थ्यकर्मीहरूले सतर्कता अपनाउन त्यतिवेला दिएको सुझावलाई कसैले पनि गम्भीर रूपमा लिएको देखिएन ।  राजनीतिक दलहरूले सभा, भेला जस्ता कार्यक्रमलाई निरन्तरता दिइएकोले नेपालमा थप जोखिम बढ्दै दोस्रो भेरियन्ट देखा परेको विज्ञहरु बताउँछन् ।

अव नागरिकको दायित्व

कोभिड–१९ को जोखिम घटेर भन्दा पनि जनजीवन असहज भएकाले निषेधाज्ञा खुकुलो बनाउनुपरेको सरकारी अधिकारीहरु बताउँछन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला निषेधाज्ञाले सर्वसाधारणको दैनिकीमा परेको प्रभाव मूल्यांकन गरेर क्रमशः खुकुलो गर्दै जान लागेको बताउँछन  ।

सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कुरामा आमनागरिकको जिम्मेवारी थपिएको डा. अनुप बास्तोला बताउँछन् । उनी भन्छन्, ‘तपाईंहरू डेढ वर्षसम्म जोगिएर बस्नुभयो भने अब संक्रमित हुने जोखिम किन मोल्नुहुन्छ ?’

५४ हजार सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ७ असारमा कोभिड–१९ बाट देशभर ४६ जनाको ज्यान गयो ।  जब कि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा शुरू हुनु अघिल्लो दिन १५ वैशाखमा १० जनाको मृत्यु भएको थियो । यस्तै, १५ वैशाखमा ३० हजार सक्रिय संक्रमित थिए ।  ७ असारमा त्यो संख्या बढेर ५४ हजार  पुगेको छ । 

कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण पनि जोखिम कम भइनसकेको जानकारहरू बताउँछन् । हालै सबै उमेरका व्यक्तिलाई बढी संक्रामक हुने नयाँ भेरियन्टको पहिचान भएको छ । काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी पठाएको ४८ नमुनाको जिनोमिक पहिचान गर्दा ४७ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनका अनुसार, ती नमुनामध्ये ९ वटामा उत्परिवर्तन भेटिएको छ । 


कस्तो लाग्यो ?

यो पनि