बैशाख ११, २०८१, मंगलबार
               

१६ डिआइजीको सरुवा

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।

प्राप्त विवरण अनुसार प्रदेश १ मा डिआइजी अरुणकुमार विसीलाई पठाइएको छ । प्रदेश २ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा  प्रकाशजङ कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा कुमुन्दराज आचार्य, कणाली प्रदेशमा गणेशबहादुर ऐर र सुदुरपश्चिम प्रदेशमा  पुरुषोत्तम कँडेललाई पठाइएको छ ।

कर्णाली प्रदेशका डिआइजी वसन्तकुमार पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेशका घनश्याम अर्याललाई प्रहरी प्रधान कार्यालय विशेष व्यूरो, सुदुरपश्चिम प्रदेशका उत्तमराज सुवेदीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, लुम्बिनी प्रदेशका रविन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालय कार्य एबं अपराध अनुसन्धान विभाग कार्य निर्देशनालय,  बागमती प्रदेशका वसन्तकुमार लामालाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

यस्तै २ नं प्रदेश प्रहरी कार्यालयबाट डिआइजी धीरजप्रताप सिंहलाई केन्द्रिय अनुसन्धान व्यूरो, १ नं प्रहरी प्रदेश कार्यालयका ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, केन्द्रीय अनुसन्धान व्यूरोका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय काठमाडौंमा तथा  प्रहरी महानिरीक्षकको सचिवालयका प्रकाश अधिकारीलाई  प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि