जेठ ०६, २०८१, आइतबार
               

आज ३ हजार १३० जनाले जिते कोरोना

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १३० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ।

नेपालमा आज २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७१३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख २२ हजार ६४० जना पुगेको छ। आज ४६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ।

आज १० हजार ९०४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ७५ हजार ८४९ जनाको पीसीआर र १ लाख ४६ हजार ८८३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।


कस्तो लाग्यो ?

यो पनि