जेठ ०६, २०८१, आइतबार
               

मेयरको माछापोखरीमा डुबेर एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

झापा । झापाको अर्जुनधारा नगरपालिकाका मेयरको माछापोखरीमा डुबेर ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

आइतबार साँझ पौने ६ बजेतिर माछा मार्न पोखरीमा गएका अर्जुनधारा ११ का माइकल सोरेन डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर थाहा पाएलगत्तै प्रहरीको टोलीले सोरेनलाई खोज्ने प्रयास गरेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोलीले उनको शव सोमबार बिहान १० बजेतिर पोखरीबाट बाहिर निकालेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि