जेठ ०६, २०८१, आइतबार
               

ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप माग गर्दै सर्वोच्चमा रिट

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिसल्ड पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई चाँडोभन्दा चाँडो दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।  

ज्येष्ठ नागरिक चिरञ्जीवी गिरीले आज (सोमबार) रिट निवेदन सर्वोच्च अदालतमा पेस गरेका हुन् । उक्त रिट दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

भारतीय कम्पनी सेरम इन्ष्टिच्युटद्वारा उत्पादित कोभिशिल्ड गत फागुन २३ गतेदेखि चैत ३ गतेसम्म अभियान नै सञ्चालन गरेर देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइएको थियो । तर, १२ हप्ता बितिसक्दा पनि पहिलो डोज लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज पाएका छैनन् ।

सरकारले समयमा खोपको व्यवस्था नगरेर ज्येष्ठ नागरिकको हकलगायत मौलिक हक उल्लंघन गरेको विषय रिटमा रहेको जनायएको छ ।

सेरमले तत्काल खोप दिन नसक्ने जनाएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आए पनि त्यसको पनि अहिलेसम्म कुनै टुंगो देखिँदैन ।


कस्तो लाग्यो ?

यो पनि