बैशाख २३, २०८१, आइतबार
               

सेनाको व्यारेकभित्र गोली चल्यो

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

पर्सामा रहेको सेनाकाे चण्डीप्रसाद गणमा गोली चलेको छ । गोली लागेर एक जना सिपाही गोली गम्भीर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् ।

चण्डीप्रसाद गणमा कार्यरत सिपाही चौहानले आफूले बोकेको राइफल पड्किएर घाइते  जिल्ला प्रहरी  कार्यालय पर्साले जनाएको छ। 

अवस्था गम्भीर रहेका चौहानको अहिले नेशनल मेडिकल कलेज पर्सामा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको पर्सा प्रहरीले जनाएको छ। 

चौहानको आँखा नजिकैबाट गोली निस्किएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनले आफूले आफैंलाई गोली हानेको देखाएको छ।

चौहानले किन आफैंलाई गोली हाने भन्नेबारे खुलेको छैन। प्रहरीले यसबारे अनुसन्धान चलिरहेको जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि