जेठ ०५, २०८१, शनिबार
               

थुनिएको मर्स्याङ्दी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टर्यो

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो क्षतिको सम्भावना टरेको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काले जानकारी दिए ।

करिब आधा घण्टापछि नै नदी बग्न थालेको जानकारी दिंदै डिएसपी खड्काले भने, ‘अहिले पनि साना-ठूला पहिरो त गइरहेका छन् । तर नदी थुनिने सम्भावना भने अहिलेसम्म देखिएको छैन ।’

मर्स्याङ्दी नदी ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो । नदी खुलेपछि बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वसूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि