जेठ ०५, २०८१, शनिबार
               

जगदम्बा स्टिल्समा विष्फोट हुँदा २ काे मृत्यु, ३ जना घाइते

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

शनिबार राति पौने ८ बजे बाराको सिमरामा विस्फोट हुँदा २ जनाकाे ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जगदम्बा स्टिल्समा विष्फोट हुँदा अन्य ३ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार राम नाथ र प्रदीप गौणकाे मृत्यु भएकाे छ । उनीहरू दुवै भारतीय नागरिक हुन् । त्यस्तै तीन जना नेपाली नागरिकहरू रामकुमार विक, ईन्द्र अधिकारी र नवराज चौलागाई घाइते भएका छन्  । 

फ्याक्ट्रीभित्र तेल तताउने प्लान्ट भट्टी विस्फोट भएकाे र यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि