जेठ ०५, २०८१, शनिबार
               

पहिरा र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम  रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण  वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको  छ । 

सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च साबधानी तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि