जेठ ०६, २०८१, आइतबार
               

खुकुलो बन्दै निषेधाज्ञा, सोमबारपछि लुगा कपडा, सुनचाँदी र भाडा पसल पनि खोल्ने तयारी

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ बाट सुरु भएको निषेधाज्ञा काठमाडौं उपत्यकामा  सोमबारबाट सकिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकले सोमबारदेखि 'स्मार्ट लकडाउन' गर्ने निर्णय गरिसकेको छ । तर,  सरकारले ल्याएको नयाँ शब्दले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई यो के हो र कसरी गर्ने भन्ने दुबिधा भएको छ।

सरकारले शब्दमा 'स्मार्ट लकडाउन' भने पनि अधिकांश प्रमुख जिल्ला अधिकारीहरूको बुझाई केही खुकुलो बनाएर निषेधाज्ञा लगाउने भन्ने नै देखिएको छ ।

असार ७ गतेदेखि निषेधाज्ञा हट्ने र सवारी साधनसमेत चल्ने बुझेका छन्। तर ,काठमाडौं उपत्यकाको हकमा भने निषेधाज्ञा जारी नै रहनेछ। अहिले पनि उपत्यकामा दैनिक ५ सय जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । त्यसैले पनि जोखिम कायमै भएकाले निषेधाज्ञा जारी रहने भएको छ ।

'निषेधाज्ञा हट्यो भन्ने चाहिँ हुँदैन। निषेधाज्ञा हुन्छ तर पहिलेको भन्दा केही खुकुलो बनाएर लैजाने हो,' काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने। काठमाडौं उपत्यकाभित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीले थप निषेधाज्ञा कसरी लैजाने भन्ने विषयमा छलफल गरिरहेका छन् । सरकारले निर्णय गरेको स्मार्ट लकडाउनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

यसपटक थप गरिने निषेधाज्ञा वा स्मार्ट निषेधाज्ञामा केही क्षेत्र थप खुल्ने देखिएको छ। पसलहरूको हकमा लुगाकपडा, सुनचाँदी, भाडाबर्तन लगायत केही पसललाई खुल्ला गर्ने तयारी भइरहेको छ । तर, कुन समयमा कुन पसललाई खोल्न दिने भन्ने विषयमा सरोकारवाला पक्षसँग पनि छलफल भइरहेको छ ।

अहिले जारी भएको निषेधाज्ञामा खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर, पुस्तक पसल, निर्माण सामाग्रीका पसल, फलफूल, माछामासु, दहीदूधका पसललाई समय तोकेर खोल्न दिइएको छ । होटेल-रेष्टुरेष्टहरुले एक सातादेखि टेकअवे सुविधा दिइरहेका छन् । होम डेलिभरीलाई समेत सञ्चालन गर्न दिइएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि