जेठ ०५, २०८१, शनिबार
               

बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे जरिवाना र दुई वर्षसम्म कैद

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

मेल्म्चीका बाढी पीडितका नाममा चन्दा वा राहत संकलन नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निर्देशन दिएको छ ।

प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी कार्वाही गर्ने उल्लेख छ ।

उक्त कार्य गर्नेलाई एकलाख रुपैयाँसम्म जरिवाना, दुई वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने भन्दै प्रशासनले ध्यानाकर्षण गराएको छ ।


कस्तो लाग्यो ?

यो पनि