जेठ ०६, २०८१, आइतबार
               

पहिरोले नदी रोकिएको सूचनापछि माथिल्लो तामाकोशीले खाली गर्‍यो ड्याम

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल तिब्बत सिमानामा भिषण वर्षाका कारण गएको पहिरोले नदी थुनिएको सूचना आएपछि माथिल्लो तामाकोशी आयोजनाले ड्याम खाली गरेको छ ।

दोलखाको लामाबगरतर्फ बाढीको खतरा बढ्न सक्ने पूर्वानुमान अनुरुप तामाकोशीको ड्याम खाली गराएको आयोजनाले जनाएको छ।


शुक्रवार राति जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गरेसँगै आयोजनाले सबै पूर्वतयारी गरेको बताइएको छ ।

आयोजनाका प्रकक्ता डा. गणेश न्यौपानेले सूचना प्राप्त हुनसाथ सबै गेट तयारी अवस्थामा राखेको र सुरुङमा पानी पठाउन बन्द गरिएको बताए । 'हिजो जिल्ला प्रशासनले सूचना जारी गरेपछि पानी पठाउन बन्द गर्‍यौं। ड्यामको पानी पनि खाली गर्‍यो । ड्याम जोगाउनका लागि,' न्यौपानले भने ।

विहान ६ बजेसम्म नदीको बहाव स्थिर रहेको र बाँधस्थलमा सबै स्टाफ अलर्टमा रहेको आयोजनाले जनाएको छ । ठूलो मात्रामा बाढी आएमा करिब एक घण्टाको पानी ड्याममा हाल्न सकिनेगरी सबै व्यवस्था गरिएको न्यौपानेले बताए । यसले क्षति कम गराउन मद्दत मिल्ने उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि