जेठ ०६, २०८१, आइतबार
               

बाजुराका ११६ गाउँ पहिरोको जोखिम

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

बाजुरा । लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाउँ बाढीपहिरोको जोखिममा रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाउँ जोखिम रहेको जनाइएको छ । त्यहाँ बसोबास गरिरहेका हजारौँ परिवारलाई अन्य ठाउँमा सारिनुपर्ने माग उठेको छ ।

बाढीपहिरोका उच्च जोखिम रहेका मध्य खप्तड छेडेदह गाउँपालिकामा १४ गाउँका ३ सय ३२ परिवार जोखिममा रहेका छन् । गाउँपालिका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् ।

त्यस्तै त्रिवेणी नगरपालिकामा १३ गाउँका ९ सय ७१ परिवार उच्च जोखिममा रहेको ती परिवारलाई अन्यत्र सारिनु पर्ने प्रतिकार्य योजनामा उल्लेख छ । नगरपालिकाको वडा १ मा रहेको विशाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोट २ सय ७२ घरधुरी , वडा ४ को पीपलसैन राउतेलाका १ सय ५७ घरधुरी वडा ५ को किम्नी २ सय १७ घरधुरी लगायत परिवार जोखिममा रहेका छन् ।

त्यस्तै बुढीगंगा नगरपालिकामा २५ गाउँका ६ सय २५ परिवार उच्च जोखिममा रहेको जिल्ला प्रशासनसँग तथ्याङ्क रहेको छ ।

पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकाका १० गाउँ जोखिममा छन् । नगरपालिकाको पिपलडाली, साउने गाउँ, दैयाँ, मटेला, पारतोला, जङ्साल, रावतवाडा, कोल्टी बजार, घोडाकोट, भुलेना, सिराडी, नौलाकोटको गाउँ स्तान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सोही क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिका मुसेखोला, तल्लो हुनी र बस्केना गरी ३ गाउँ उच्च जोखिममा रहेका छन् । त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिकामा ९ गाउँ जोखिममा रहेका छन् । बर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी, जुकु, वाइ, मिगु गाउँ जोखिममा रहेको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए । त्यस्तै हिमाली गाउँपालिका ५ वटा गाउँ जोखिममा रहेका छन् ।    

यता बडिमालिका नगरपालिकाका १५ गाउँ उच्च जोखिममा रहेका छन् । वडा ४ को तिपाडा, वलेना, जडाङ्गा, वडा ८ को रापक, बाउली गडखेत, २ को घागर, भौनेरा र मैमातोला ७ को चुथी जोखिममा रहेका छन् ।

त्यस्तै जिल्ली, सिराडी, बथानलेख वडा १ को सल्लेना, पाटा रहेका छन् । जोखिममा गौमुल गाउँपालिका २१ गाउँका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले विपद् प्रतिकार्य तयारी व्यवस्थापनका लागि स्थानीय सरकार र सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि