जेठ ०५, २०८१, शनिबार
               

थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

नेपालमा थप दुई हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४८४ स्वाब नमुना परीक्षण गर्दा दुई हजार ६०७ जनाको नतिजा पोजिटिभ आएको हो ।

सात हजार ७११ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७६८ र चार हजार ७७३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८३९ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३९ जनाको ज्यान गएको जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ५९७ पुगेको छ ।

दुई हजार एक सय ४१ जनामा कोरोना भाइरस संक्रमण जितेको छ ।  योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ४५ हजार ६६२ पुगेको छ ।संक्रमितको संख्या ६१ हजार ७२५ छ । 


कस्तो लाग्यो ?

यो पनि