चैत १६, २०८०, शुक्रबार
               

विषयलाई अतिरञ्जना गर्ने युटुबर शैलीका स्वास्थ्य मन्त्री

नेपाल फ्ल्यास
असार ०३, २०७८

ADVERTISEMENT

विषयबस्तुलाई अतिरञ्जना गर्ने स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको बानी अझै उस्तै रहेको देखिएको छ । अतिरञ्जनापूर्ण बोली कै कारण तीन वर्ष अघि छँदाखाँदाको मन्त्री पद गुमाएका उनले दोस्रो पटक मन्त्री बन्ने अवसर पाएका छन् । तर उनको पुराने शैली भने फेरिएको देखिएन ।

तीन वर्ष अघि कानुन न्याय तथा संसदीय मन्त्री हुँदा ‘यताबाट बङ्गलादेशमा पढ्न जाने महिला विद्यार्थीले वेश्यावृत्ति गर्छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनको चौतर्फी विरोध भयो । दबाब थेग्न नसकेपछि राजीनामा दिनुपरेको थियो । मन्त्रीबाट हटेपछि उनी र उनकी श्रीमती हाल प्रदेश १ की मन्त्री उषाकला राई गाँजा खेती नेपालमा वैधानिकता दिनुपर्छ भनेर विज्ञको तर्क र आधारविना अभियान नै चलाइरहेका छन् । अघिल्लो साता पुन मन्त्री बनेका उनै स्वास्थमन्त्रीले फेरि पुरानै शैली दोहोर्याउँदै देश दुनियाँलाई आतंकित मात्र बनाएनन्, सिन्धुपाल्चोकको मेलम्चीबासीको आफन्तहरूलाई त्रासमा राखे । 

सन्दर्भ हो, सिन्धुपाल्चोक मेलम्ची बजार बाढी पहिरोको, जुन घटनाको सूचना मन्त्री तामाङले आम सर्वसाधारणलाई आतङ्कित पार्ने गरी अफवाह फैलाए । उनकै निर्वाचन क्षेत्र समेत रहेको सोही ठाउँ मेलम्चीमा मङ्गलवार राती ठुलो बाढी पहिरो गयो । स्वास्थ्यमन्त्री तामाङले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेखे ‘मेलम्चीमा बाढी पहिरोमा ५० औँ जना बेपता भएको, धेरै पक्की पुलह रु बगाएका छन् ।’ 

तामाङ त्यहीका जनप्रतिनिधि हुन् । सकारण धेरै सञ्चारमाध्यमले उनकै सूचनालाई हवला दिँदै समाचार प्रसारण गरे । त्यति बेलासम्म हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका मेलम्ची–इन्द्रावती नदी कोरिडोरमा के कति बेपत्ता र मृतक भन्ने थाहा हुन सकेको थिएन । प्रहरी चौकी, नेपाली सेना, सशस्त्रको क्याम्पमा समेत बाढीको प्रभाव थियो । राति घटना भएकाले बिहानै तथ्याङ्क आएको थिएन ।

तर मन्त्री तामाङले यसरी फेसबुकमा लेखेका थिए कि उनी जाँदै गर्दा बाढीमा परेर बेपत्ता भएकाहरूको सङ्ख्या गन्दै थिए । अझ ५० औँ भनेको ५० भन्दा बढी जति पनि भन्ने बुभिन्छ । यसलाई समेत ख्यालै नगरी मन्त्रीको यस्तो स्टाटसले सूचना विपत्तमा परेकाका आफन्तहरूमा अझ त्रास फैलायो ।

सूचना आदान प्रदानको लागि मोबाइलको नेटवर्क नहुनु र बिजुली समेत नहुनुले सहजै आफन्तलाई सम्पर्क गर्ने अवस्था थिएन । अझ मन्त्रीको गलत सूचनाको आतङ्कको सिकार सञ्चारमाध्यममा मुख्य समाचारहरू बनिरहे । यसले थप पीडितलाई पीडा पुर्‍याएको थियो । 

बिहीबार बिहानसम्म सिन्धुपाल्चोक जिल्ला प्रशासनले दिएको जानकारी अनुसार १८ बेपत्ता र तीन जनाको शवको भेटिएको छ । मन्त्रीले भनेका ५० औँ सङ्ख्या त्यहाँ उल्लेख छैन । होला खोजतलासका क्रममा बेपत्ताको सङ्ख्या बढ्न सक्ला । तर त्यो सङ्ख्या यकिन नै नभई मन्त्रीले नै ५० औँ बेपत्ता भन्नुलाई अतिरञ्जनाबाहेक केही नभएको स्थानीय बताउँछन् । 

यता मन्त्री तामाङले बेपत्ताको सङ्ख्या मात्रै बढाएनन् । भौतिक संरचना ध्वस्तमा पनि त्यतिकै बढवा दिएर लेखे । सरकारको आफ्नै सूचना संयन्त्र छ । अझ मन्त्री तामाङ त्यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत भएकाले उनको आफ्नै सूचना संयन्त्रसमेत छ । तर त्यसको कुनै पर्वाह नै नगरी मन्त्री तामाङले बाहुनेपाटीको पुल बाढीले बगाएको उल्लेख गरे । जहाँसम्म कि बाहुने पार्टीको पुलबाट आवतजावत भइरहेको छ । उक्त पुलमा बाढीले कुनै क्षति गरेको छैन ।

 


कस्तो लाग्यो ?

यो पनि