बैशाख २३, २०८१, आइतबार
               

लगातारको झरीले धानको बीउ नष्ट

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

पर्सा । केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बीउमा क्षति पुगेको छ । किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बीउ राखेको भए पनि लगातारको झरीको कारण बीउ उम्रिन समस्या भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । 

पर्साका ८० प्रतिशत किसानले धानको बीउ राखिसकेका छन् । लगातारको झरीको कारण २० प्रतिशत बीउ नष्ट भएको कार्यालयका निमित प्रमुख मुनिलाल प्रसादले बताए । भर्खरै बीउ राखिएका कारण टुसा नलागेकाले क्षति हुन गएको बताइएको छ । पर्सामा चैते धान तीन हजार ५०० हेक्टर, भदैया धान आठ हजार ५५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टर गरी ४७ हजार ५० हेक्टरमा धान खेती हुँदै आएको छ ।  

यसैगरी मनसुनको कारण लगातारको झरीबाट पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा तरकारी बाली पनि नष्ट भएको छ । वर्षाको कारण ग्रामीण क्षेत्रका बाटोघाटोहरू हिलाम्य भएकाले आवतजावतमा समस्या भएको छ । 


कस्तो लाग्यो ?

यो पनि