बैशाख १५, २०८१, शनिबार
               

जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

कञ्चनपुर । जबर्जस्ती करणीका फरार प्रतिवादी वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरी खुना बिहीबार फरार भएका थिए ।

खुनालाई ओझाखाली वनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । सोही घटनामा संलग्न अर्का धनबहादुर विकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि