बैशाख १२, २०८१, बुधबार
               

लकडाउनको मोडालिटी परिवर्तन

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्बिने भएको छ । आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा मोडालिटी पनि परिवर्तन गरी समयावधि लम्बउने निर्णय गरेसँगै उपत्कयकामा निषेधाज्ञा लम्बिएको हो । 

तीन प्रमुखको निर्णयसँगै अब होटल रेष्टुरेन्टले ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाइनमार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने भएका छन् । 

अब खाद्यान्न पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । अनलाइन डेलिभरी दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने र हार्डवेयर पसल अपराह्न ४ बजेपछि खोल्न पाइने भएको छ । प्रशासनले कृषि कार्य सञ्चालन गर्न दिने, भिसा लिनका लागि सहजीकरण गर्ने पनि निर्णय गरेको छ ।

वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर जेठ २१ बाट पुन: खोल्न दिइएको थियो ।

किराना र डिपार्टमेन्ट स्टोर यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । सार्वजनिक निर्माणमा प्रयोग हुने निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइन्छ ।


कस्तो लाग्यो ?

यो पनि