बैशाख १५, २०८१, शनिबार
               

रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

कोरोना सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन्।

चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार बैसाखदेखि हालसम्म निजी क्षेत्रका व्यापारी व्यवसायीले करिब १० हजार थान अक्सिजन सिलिण्डर नेपाल भित्र्याइसकेका छन्।

अक्सिजन सिलिण्डरका लागि नेपाल सरकारको निर्णय अनुसार भन्सार शुल्क छुट गरिएको छ। सिलिण्डरका साथै स्यानिटाइजर तथा मास्कसमेतका वस्तु आयात भइरहेको छ। दैनिक आयात भइरहेका सामग्रीमध्ये बिरामीलाई अत्यावश्यक पर्ने स्याउ सबैभन्दा बढी परिमाणमा रहेको छ । आयात भएका अन्य सामग्रीमा ओखर, लसुन, अदुवाका साथै तयारी पोशाक, नेपालमा निर्माणाधीन विद्युत सामग्री, जुत्ताचप्पलजस्ता विविध मालवस्तु छन् ।


कस्तो लाग्यो ?

यो पनि