असोज ०६, २०८१, आइतबार
               

सोलुखुम्बुमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १० पुग्यो

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

योसँगै विश्वव्यापी महामारी कोरोनाबाट सोलुखुम्बुमा मृत्यु हुनेको संख्या १० पुगेको छ । शुक्रबार साँझ खुम्बु पासाङल्हामू गाउँपालिका ३ मञ्जोकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएपछि जिल्लामा मृतकको संख्या १० पुगेको हो ।

स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङका अनुसार होम आईसोलेसनमा बसेकी ती महिलाको अक्सिजन लेवल कम भएपछि थप उपचारका लागि नेपाली सेनाको सहयोगमा लुक्लास्थित अस्पतालमा ल्याइएको थियो । अस्पताल लैजादै गर्दा संक्रमित महिलाको बाटैमा मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि