असोज ०६, २०८१, आइतबार
               

पानीमा डुबेर ५ बालिकाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

धनुषामा खेतकाे पानीमा डुबेर ५ बालिकाकाे मृत्यु भएकाे छ । खेतमा खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूकाे मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ पानीमा डुब्दा अन्य २ बालक वेपत्ता भएका छन् । प्रहरीका अनुसार लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगतकाे मृत्यु भएकाे हाे ।

त्यस्तै सोही स्थानका राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साहकाे मृत्यु भएकाे हाे । दुई बालककाे खोजी कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि