बैशाख १४, २०८१, शुक्रबार
               

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

भारतीय सेनाले २८ करोड ८० लाख रुपैयाँ बराबरको स्वास्थ्य उपहरण तथा सामग्री उपलब्ध गराएको हो । भद्रकालीस्थित सैनिक मुख्यालयमा एक सानो समारोहका बीच शुक्रबार सामग्री हस्तान्तरण गरिएको हो । 

भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सहयोग हस्तान्तरण गरेका थिए ।
सिंगो भारत कोभिड संक्रमणबाट अतिप्रभावित भइरहँदा त्यहाँको सेनाले नेपाली सेनालाई सहयोग गरेको हो ।

भारतीय सेनाले छिमेकीलाई प्राथमिकता दिने नीति अन्तर्गत सहयोग गरेको जनाएको छ । सहयोग हस्तान्तरणको अवसरमा भारतीय राजदूत क्वात्राले महामारीविरुद्धको लडाइँमा नेपाललाई भारतको समर्थन र सहयोग रहिरहने बताए ।

भारतले भेन्टिलेटर, एम्बुलेन्स, आइसियु बेड, पिपिई किट्स, पीसीआर परीक्षण किट्सलगायतका मेडिकल उपकरण दिएको हो । स्थल नाकाबाट ल्याइएका ती सामग्री हिजो काठमाडौं आइपुगेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय सेनाले नेपाली सेनालाई यसअघि पनि कोभिडविरुद्ध सहयोग पुर्‍याउँदै आएको थियो । गत वर्षको मार्चमा एक लाख डोज कोभिडशिल्ड खोप नेपाली सेनाले पाएको थियो ।

यो पनि