बैशाख १५, २०८१, शनिबार
               

नारायण वाग्ले, खगेन्द्र संग्राैलालगायत नागरिक अभियान्ता पक्राउ

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

बीएण्डसीलाई सम्बन्धन दिन लागिएपछि विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ परेका छन् । नारायण वाग्ले, खगेन्द्र संग्राैलासहितका १८ नागरिक अगुवा पक्राउ परेका हुन् ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायत विषयमा विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको अभियान्ताहरूले बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कोभिड महामारीका बेला निषेधाज्ञा उल्‍लंघन गरेर बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्‍त्रणमा लिइएकाे हाे ।

नागरिक अगुवाहरूले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायत लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि