असोज ०६, २०८१, आइतबार
               

एमिकस क्युरी झिकाउन सर्वोच्चको माग

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च सहयोगी (एमिकस क्युरी) झिकाउन माग गरेको छ । 

बुधबार संवैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकान माग गरेको हो ।

०७७ पुसमा भएको विघटनको मुद्दामा पनि सर्वोच्च अदालतले एमिकस क्युरी बोलाएर राय लिएको थियो ।  बुधबार शेरबहादुर देउवासहित सांसदले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपश्चात् संवैधानिक इजलासले सो आदेश दिएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले एमिक क्युरी, प्रत्यर्थी कानुन व्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि