बैशाख २०, २०८१, बिहीबार
               

प्रतिनिधिसभा विघटन मुद्दाको इजलासमा कार्की र भट्टराईलाई निरन्तरता

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइका लागि आज सरकारी पक्षले प्रश्न उठाएका न्यायाधीशद्वय दीपककुमार कार्की र डा‍. आनन्द मोहन भट्टराईले इजलासबाटै आफ्नो राय राख्ने भएका छन्  ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू सम्मिलित इजलासमा सुनुवाइका लागि पेसी तोकेका हुन् । आइतबार महान्यायाधिवक्ता रमेश बडालसहितका सरकार पक्षका कानुन व्यवसायीले उनीहरू हट्नुपर्ने तर्क गरेका थिए । रिट निवेदक पक्षका कानुन व्यवसायीले भने बरिष्ठताका आधारमा इजलास गठन भएको हुनाले कार्की र भट्टराईले मुद्दा हेर्न मिल्ने जिकिर गरेका थिए ।

त्यसबारे दुवै न्यायाधीशले आजको इजलासमा आफ्नो राय दिएपछि रिटमाथिको सुनुवाई अगाडि बढ्ने छ । जेठ १८ मा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विघटनको मुद्दा हेर्दा ‘स्वार्थ नबाझिने’ राय दिएपछि भट्टराई र कार्कीले इजलास छाड्ने घोषणा गरेका थिए । रिट, निवेदकका तर्फका कानुन व्यवसायीले नेकपा विभाजन गर्ने मुद्दा फैसलामा गरेको हुनाले विघटनको मुद्दामा केसी र श्रेष्ठको सार्थक सरोकार रहेको दाबी गरेका थिए ।

यो मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफूसहित सर्वोच्चका न्यायाधीशहरू कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र भट्टराई सम्मिलित संवैधानिक इजलास गत २३ गते गठन गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि