असोज ०६, २०८१, आइतबार
               

विषालु च्याउ खाँदा दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

झापा । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ । ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको हो ।

दुवैले गत शनिबार इलाम नगरपालिका – ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

यस्तै जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो । वीरमान र उनकी पत्नी विष्णुकुमारी पनि बिरामी छन् । उनीहरूलाई बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो। उपचारपछि उनीहरु घर फर्केका छन् ।


कस्तो लाग्यो ?

यो पनि