असोज ०६, २०८१, आइतबार
               

काठमाडौं महानगरको राहत र सहुलियत योजना

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरवासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताए। कोभिड–१९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रीत हुने उनको भनाइ थियो। 

यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयर लगायत सबै सहभागि हुने बताए । नगर क्षेत्रका संक्रमित तथा निधन भएका परिवारलाई केही सहायता उपलब्ध गराउने उनकाे भनाइ छ । 

मेयर शाक्यले नगर क्षेत्रमा व्यापार व्यवसायमा लाग्ने कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम ल्याउन लागेको जानकारी दिए । महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम आउने जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि