असोज ०६, २०८१, आइतबार
               

बौद्धमा बोराभित्र शव फेला

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौंको बौद्धस्थित नयाँबस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ । दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ । 

कार्कीका अनुसार शव युवा अवस्थाको मान्छेको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले  बताएको जानकारी दिए । साथै शव तीन साता पहिलेको हुनसक्ने चिकित्सकले बताएका छन् । अहिले शवको पहिचान भइसकेको छैन । चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि