बैशाख १७, २०८१, सोमबार
               

हावाहुरीले घरको छानो उडाएपछि एक दर्जन परिवारको बिचल्ली

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

तनहुँ । जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ ।

स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् । छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् ।

विद्युत् लाइन नहुँदा वर्षायामको समयमा अन्धकारमा कसरी बस्ने भन्ने चिन्ताले सताएको ढोरबाराही कृषि फार्मका सञ्चालक एवं स्थानीयवासी शिवराज लम्सालले जानकारी दिए ।

‘अहिलेसम्म यति ठूलो हावाहुरी आएको थाहा पाएका थिएनौँ’, उनले भने, ‘हावाहुरीले विद्युत्का पोल ढाल्नुका साथै तार चुडिँदा अन्धकारमा बस्नुपरेको छ ।’ विद्युत् लाइन नहुँदा अनलाइनबाट पढ्ने र परीक्षा दिने त्यस क्षेत्रका बालबालिकासमेत प्रभावित हुने देखिएको उनले बताए । सोही वडास्थित हिमाली प्राथमिक विद्यालयको शौचालय र स्नानगृहमा क्षति पुगेको छ ।

शुक्लागण्डकी–८ स्थित पाटनचोकमा चार घरको छानो उडाएको जानकारी पाएको लम्सालले जानकारी दिए । हावाहुरीसँगै आएको असिनापानीले मकैबाली, तरकारी खेती, केराखेतीमा धेरै क्षति पुगेको बताइएको छ ।

शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बिजुलीको पोल ढलेका, तारहरु चुँडिएकाले विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको जानकारी दिए ।

सोही वडास्थित बाराही प्राथमिक विद्यालयमा जडान गरिएको सोलार प्यानल उडाएर पूर्णरूपमा क्षति भएको छ । साँझपखको समयमा हावाहुरी र असिनापानी आएकाले क्षतिको यकिन विवरण भने जानकारी आइनसकेको उनले बताए । 

यो पनि