बैशाख १९, २०८१, बुधबार
               

निर्देशिका नै संशोधन गर‍ेर 'आफ्नालाई राजदूत'

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

राजदूत नियुक्त गर्न सरकारले निर्धारित योग्यताममा फेरबदल गरेको छ । निर्देशिका संशोधन गरेर  ‘आफ्नो मान्छे’ लाई घुसाउन सजिलो बनाइएकाे हाे। 

सरकारले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा अहिलेसम्म आवश्यक मानिएको स्नातक तहको योग्यता नचाहिने गरी निर्देशिका संशोधन गरेको हाे । 

सरकारले खासगरी राजनीतिक तथा गैर–कुटनीतिक कोटाबाट राजदूतका योग्यता र क्षमता कमजोर भएको प्रश्न उठेका बेला गोप्य रुपमा निर्देशिका संशोधन गरेको हो।

गत वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा स्नातक तहको अध्ययन नचाहिने गरी सांशोधिन निर्देशिका पारित गरेको हाे । 

राजदूत नियुक्तिसम्बन्धी यसअघिको निर्देशिकामा कम्तीमा स्नातक तहको शिक्षा प्राप्त गरेका, सम्बन्धित मुलुकको भाषासहित अन्य विषयमा जानकार भएकालाई राजदूतमा सिफारिस गर्ने व्यवस्था गरिएको थियो । यसपटक आफ्नालाई राजदूत बनाएर पठाउन निर्धारित योग्यता नै परिवर्तन गरेको भन्दै प्रतिपक्षले आपत्ति जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि