असोज ०६, २०८१, आइतबार
               

‘हुनेले दिने, नहुनेले लिने’ अभियान

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

इलाम । बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन युवाहरूले यो अभियान चलाएका हुन् । 

अभियानमा संलग्न युवाहरू स्वंयले रकम सङ्कलन गरी अभियान थालेका थिए । यस क्रममा अभियन्ताहरू स्वयंबाट ४० हजार, नेपालभित्रैबाट ४२ हजार ९६८, विदेशमा रहेका नेपालीहरूबाट २४ हजार ४२६ र रु १३ हजार ६९० बराबरको खाद्यान्न गरी एक लाख २१ हजार ८४ प्राप्त भएको अभियन्ताले जनाएका छन् ।

अभियन्ताले अभियानको तस्वीर खिचेर सार्वजनिक नगर्ने, सामाजिक सञ्जालमा नहाल्ने, सहयोग लिनेको विवरण सार्वजनिक नगर्ने प्रतिवद्धता व्यक्त गर्दै समस्या पर्ने परिवारहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।  उनीहरूले सामाजिक सञ्जालमा सम्पर्क नम्बरहरू समेत उपलब्ध गराएका छन् । सहयोग अभियानअन्तर्गत हिँजो फिदिम नगरपालिका वडा नं. १, २ र ४ का २२ परिवारका ५४ जनालाई सहयोग गरिएको अभियन्ता उपेन सापकोटाले जानकारी दिए ।

अभियानमा प्रतिव्यक्ति पाँच किलो चामलसहित दैनिक आवश्यक खाद्यान्नका सामग्रीहरू परिवार सङ्ख्याका आधारमा वितरण गरिने सापकोटाले जानकारी दिए । फिदिमका विभिन्न पेशामा आवद्ध युवाहरू यो अभियानमा जोडिएका छन् । अभियानमा रकम सङ्कलन गर्दै जाने र सहयोग पनि उपलब्ध गराउँदै जाने उनीहरूको योजना छ । 
 


कस्तो लाग्यो ?

यो पनि