असोज ०६, २०८१, आइतबार
               

संक्रमित पुरुषले गरे आइसोलेशनको भवनबाटै हामफालेर आत्महत्या

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । आइसोलेशनमै बसेका एक पुरुषले आत्महत्या गरेका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ५ स्थित रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालित आईसोलेशनमा रहेका एक युवकले आत्महत्या गरेका हुन् । 

कोरोना पुष्टि भएपछि सामान्य स्वास्थ अवस्था भएका ती व्यक्तिले आइसोलेशन भवनको तेस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका हुन् ।  जिल्लाकै बलेफी गाँउपालिका– ६ का ५३ वर्षीय रत्नबहादुर तामाङले आइसोलेशन भवनको तेस्रो तल्लाबाट हामफालेर आत्महत्या प्रयास गरेको आइसोलेशन व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले जानकारी दिए । 

गत जेठ १७ गतेदेखि केन्द्रमा रहेका तामाङले आज राति करिब १ बजे भवनको तेस्रो तल्लाबाट हाम फालेका र केन्द्रमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले उद्दार गरि उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको तिमल्सिनाको भनाइ छ ।


 


कस्तो लाग्यो ?

यो पनि