बैशाख २१, २०८१, शुक्रबार
               

इजरायलले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

इजरायलको सेबा मेडिकल सेन्टरलगायत अन्य संघ संस्थाले नेपाललाई स्वास्थ्य सामाग्री पठाउने भएको छ । इजरायलस्थित नेपाली दूतावासकी राजदूत डा.अन्जान शाक्यका अनुसार नेपाल सरकारले गरेको आह्वानअनुरुप सो  सामग्री इजरायलले नेपाल पठाउन लागेको हो । नेपाललाई सो सहयोग इजरायली स्वास्थ्य संस्था, निजी कम्पनी/व्यवसायिक क्षेत्र लगायतबाट भएको हो । 

नेपाललाई सहयोग गर्ने प्रतिवद्धता गरेका यि विभिन्न कम्पनी तथा अस्पतालमा नेपाली दूतावासको टोलीले मंगलबार भ्रमण गरी सबैलाई धन्यवाद पत्र समेत हस्तान्तरण गरेको थियो ।

दूतावासले भनेको छ, ‘नेपाल र ईजरायल बीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । जुन १ बाट द्विदेशीय सम्बन्ध ६० वर्ष पूरा भई ६१औं वर्षमा प्रवेश गरेकोले यस विशेष दिनको अवसरमा सो दिन अत्यन्त व्यस्त रही उपरोक्तानुसार सहायता सामग्री संकलनको थालनी गरिएको छ ।’

सोही अवसरमा मानवीय सहायताको लागि विशेषतः नेपालीहरुलाई निरन्तर सहयोग गरिरहने इजरायलीद्वय नादभ बेन यहुदा र निरीत अफिरप्रति नेपाली दूतावासले कृतज्ञतासमेत व्यक्त गरेको छ ।

त्यसैगरी, नेपाली दूतावासका अनुसार ईजरायल सरकारबाट प्राप्त सहायता सामग्रीसहित त्यहाँ रहेका नेपालीहरुबाट संकलित रकममार्फत् खरिद हुने उपकरण/स्वास्थ्य सामाग्री चाँडै नेपाल पठाउने प्रयास भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि