असोज ०६, २०८१, आइतबार
               

चितवनमा निषेधाज्ञा उल्लङ्घन गर्नेबाट २३ लाख संकलन

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

चितवन । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो । 

उनका अनुसार उनीहरुलाई एक हजारदेखि १० हजारसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको उनले बताए ।

यस्तै निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँड्डुल गर्ने ११ हजार ७२० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा बजारमा देखिएका सात हजार ७०० सवारी साधनलाई कारबाही गरिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट कारबाहीस्वरुप २२ लाख ९१ हजार ४०० राजश्व सङ्कलन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जारी गरिएको निषेधाज्ञा तेस्रो पटकसम्म थप गरिएको समयसमेत यही जेठ २० गते सकिँदैछ । कोरोना सङ्क्रमणका कारण जिल्लामा २२१ जनाको मृत्यु भएको छ भने १३ हजार ८८९ सङ्क्रमित भएका छन् । सोमध्ये चार हजार ८४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि