असोज ०६, २०८१, आइतबार
               

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

तनहुँ । मंगलबार साँझ आफैँले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा रहेका छन् ।

व्यास नगरपालिका–५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब ४०  मीटर खस्दा थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

मृतक थापाको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको तथा ट्रयाक्टर क्रेनका माध्यमबाट बाहिर निकालिएको बताइएको छ ।

यो पनि