असोज ०६, २०८१, आइतबार
               

म्याग्दीकी महिला तनहुँमा मृत अवस्थामा भेटिइन्

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

तनहुँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीया निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् ।

हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।  

पर्वतको महाशिला गाउँपालिकामा मृत चितुवा फेला

पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो ।

अन्दाजी दुई–तीन वर्षको उमेरको जस्तै  देखिने चितुवा के कारणले मर्यो भन्ने खुलेको छैन । मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखुदेउराली, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा वन कार्यालयको परिसरमा खाडलमा पुरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि