असोज ०६, २०८१, आइतबार
               

कोरोनाबाट विवेकशील साझाका पूर्वअध्यक्ष थापाको निधन

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

कोरोना संक्रमणबाट विवेकशील साझा पार्टीका उज्वल थापाको निधन भएकाे छ । केहीदिन अघि कोरोना संक्रमण भएपछि  ह्याम्स अस्पतालमा उपचार भइरहेकाे थियो । उनले कोरोना जिते पनि मृत्युलाई जित्न सकेनन् । उनकाे हिजो मात्र कोरोना नेगेटिभ आएकाे थियो । 

उनकाे उपचारकाेख क्रममा आज अपरान्ह ४ बजेर २५ मिनेटमा मृत्यु भएकाे अस्पतालले पुष्टी गरेकाे हाे । 

थापा २०७६ असोज अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए । आठ वर्ष उनले अध्यक्ष पदमा रहेर काम गरेका थिए । उनकाे उपचारमा खर्चकाे अभाव भएपछि चन्दा उठाएर उपचार गर्ने क्रममा उनकाे निधन भएकाे हाे । उनकाे उपचारका लागि सर्वधारणले उद्भाव देखाएका थिए । धेरैले लाखौं सहयोग गरेका थिए । उनकाे आज मृत्यु भएकाे अस्पतालले पुष्टि गरेकाे हाे ।  


कस्तो लाग्यो ?

यो पनि