असोज ०६, २०८१, आइतबार
               

काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाउने तयारी

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको छ ।

खासगरी खाद्यान्न पसलहरूसमेत बन्द हुँदा दैनिकी गाह्रो हुने भएकोले त्यसमा लचिलो नीति लिन लागिएको हो ।

संक्रमितको संख्या ओरालो लाग्दै गए पनि जोखिम कायमै रहेकोले केही प्रावधान खुकुलो बनाए पनि निषेधाज्ञालाई निरन्तरता दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जनाएका छन् ।

दोस्रो लहरको कोरोना संक्रमण उच्च भएपछि काठमाडौं उपत्यकामा बैशाख १६ निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लोपटक जेठ १४ गते गते एक साताका लागि थपिएको निषेधाज्ञा २० गते सकिँदै छ । १४ गतेयता खाद्य तथा किराना पसलहरू बन्द छन् । अबको निषेधाज्ञामा बिहान केही घण्टाका लागि खाद्य पसल खोल्न दिनेबारे छलफल भइरहेको छ ।

त्यस्तै सार्वजनिक क्षेत्रको निर्माण सामग्री ढुवानी गर्ने सवारीलाई रातको समयमा अनुमति दिने तयारी पनि भइरहेको छ । यसबारे निर्णय गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आजै बस्दै छ । 


कस्तो लाग्यो ?

यो पनि