असोज ०६, २०८१, आइतबार
               

पाटेबाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको  सोमबार पाटेबाघको आक्रमणमा मृत्यु भएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निहुरो टिप्ने क्रममा ६६ वर्षीया ती महिलालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि