बैशाख १४, २०८१, शुक्रबार
               

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन मुलुकका केही भागमा आंशिक तथा मध्यम वर्षा हुने जनाएको छ । 

महाशाखाले आइतबार साँझ सार्वजनिक गरेको पूर्वानुमानमा देशका कतिपय भागमा चट्याङ पर्ने र केही स्थानमा हावाहुरी आउने उल्लेख छ । 

सोमबार साँझसम्ममा प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशका पहाडी भू-भागका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १. गण्डकी प्रदेश र सुदूर  पश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १६ गते (आइतबार)

राति: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ ।

२०७८ जेठ १७ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ १८ गते (मंगलबार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति: प्रदेश १ र बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदली रही मेघगर्जन / चट्याङसहित प्रदेश १ का थोरै र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।


कस्तो लाग्यो ?

यो पनि