असोज ०६, २०८१, आइतबार
               

एसईईको जिम्मा विद्यालयलाई दिने तयारी, मन्त्रालयबाट टुंगो लाग्न बाँकी

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

माध्यामिक शिक्षा एसईई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक छलफल थालेको छ । सामाजिक दूरी कायम गरेर वा अनलाइनबाट भए पनि एसईई परीक्षा लिने निष्कर्षमा बोर्ड पुगेको छ ।

गएको वर्ष परीक्षा नलिएरै आन्तरिक मूल्यांकनबाट नतिजा निकालिएको थियो । त्यसो हुँदा परीक्षाफल विश्वसनीय नभएपछि त्यसको चर्को आलोचना भएको थियो । यसपटक भने बोर्डले विद्यालयलाई जिम्मा दिएर परीक्षा सञ्चालन गर्ने निष्कर्ष निकालिएको एक उच्च अधिकारीले बताए ।

कोभिड १९ महामारीका कारण भौतिक उपस्थितिमा बोर्डले तयार पारेका प्रश्नपत्र र कापी बाँडेर परीक्षा गर्ने सम्भावना कम हुँदै गएको छ । विद्यालयबाटै परीक्षा सञ्चालन गरेर मात्रै नतिजा निकाल्ने तयारी अघि बढेको हो । 

ती अधिकारीले नेपाल फ्ल्याससँग भने ‘सम्बन्धित विद्यालयलाई जिम्मा दिएर परीक्षा सञ्चालन गर्ने निष्कर्ष छ, यस विषयमा शिक्षा मन्त्रालयमा प्रस्ताव पठाइएको छ । यताबाट निर्णय आउन बाँकी छ ।’

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले पनि मन्त्रालयबाट अनुमति पाएमा अर्को हप्तादेखि नै परीक्षा सञ्चालनको तयारी अघि बढ्ने बताए ।

सरकारले बढ्दो कोभिड १९ महामारीलाई नियन्त्रण गर्न जेठ १३ गतेदेखि सञ्चालन हुने एसईई परीक्षा बैशाख २७ गते नै स्थगित गर्ने निर्णय गरेको थियो । कोभिडका कारण कक्षा १२ को परीक्षा पनि रोकिएको छ ।

तत्काल वैकल्पिक माध्ययमबाट एसईई परीक्षा अगाडि बढाएर त्यसपछि महामारीको अवस्था अनुसार कक्षा १२ को परीक्षा सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए ।


कस्तो लाग्यो ?

यो पनि