असोज ०६, २०८१, आइतबार
               

४ हजार संक्रमित थप हुँदा ६ हजारले जिते कोरोना

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

आज देशभर चार हजार ३६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ७०२ र ६६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

आज थपिएकामध्ये काठमाडौं उपत्यकामा एक हजार ९३ जना रहेका छन् । काठमाडौंमा ८०४ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै गएको २४ घण्टामा ६ हजार दुई सय पाँच जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १०९ जनाको कोरोनाका कारण ज्यान गएको छ । 


कस्तो लाग्यो ?

यो पनि