मंसिर ०७, २०८१, शुक्रबार
               

करिब एक करोड खोप खरिद गर्ने तयारी

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

सरकारले करिब एक करोड खोप खरिद गर्न लागेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले चीनको सिनोफर्म र अमेरिकाको जोन्सन एण्ड जोन्सन कम्पनीबाट ५०/५० लाख मात्राका दरले खोप खरिद गर्ने अन्तिम तयारी भइरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

उनले खोप खरिदका लागि चीन, अमेरिका, रुस र बेलायतसँग खोप खरिदका लागि सरकारले उच्चस्तरीय संयन्त्र परिचालन गरेको बताए । उनका अनुसार सरकारले चीनको सिनोफर्म, अमेरिकाको जोन्सन एण्ड जोन्सन, रुसको स्पुतनिक भी उत्पादन गर्ने कम्पनीसँग र बेलायत सरकारसँग पत्राचार गरिसकेको छ । 

सरकार ती मुलुकमध्ये चीन र अमेरिकाबाट खोप ल्याउन केन्द्रीत रहेको उनको भनाइ छ । उनले सन् २०२१ भित्र लक्षित समूहलाई खोप लगाउने सरकारको योजना रहेको बताए । सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य लिएको छ ।

उनले खोप खरिदका लागि अर्थ मन्त्रालयले रु ३६ अर्बको स्रोत सुनिश्चितता गरिसकेकाले सरकारले खोप जतिसक्दो चाँडो खरिद गर्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले भारतबाट समयमा नै सरकारले खरिद गरेको १० लाख खोप नआएकाले अहिले दोस्रो मात्रा लगाउन नपाइएको बताए । 

पहिलो मात्रा ‘कोभिशिल्ड’ लगाएका साढे १४ लाखले खोप अभावले अहिले दोस्रो मात्रा लगाउन पाएका छैनन् । भारतको सिरम इन्सिच्युटले सरकारले खरिद गरेको १० लाख मात्रा खोप उपलब्ध नगराएपछि दोस्रो मात्राको खोप रोकिएको छ । 


कस्तो लाग्यो ?

यो पनि