बैशाख १५, २०८१, शनिबार
               

५४ लाखसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

पर्सा । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका-६ बस्ने २६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् । वीरगंज महानगरपालिका-८ बीपिसी क्याम्पस नजिक छेउमा डेरा गरी बस्ने गुप्तासमेत २ जनालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिका-११ श्रीपुरबाट जैसवाललाई नगद २४ लाख रुपैयाँसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा गुप्ताको डेरा तलासी गर्दा २ वटा झोलामा लुकाई राखेको नगद २९ लाख ८० हजार रुपैयाँ समेत फेला पारी गुप्तालाई पक्राउ गरेको हो ।

उनीहरू उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि