बैशाख २५, २०८१, मंगलबार
               

काठमाडौंमा आजदेखि निषेधाज्ञा कडा, खाद्यान्न पसल पनि बन्द !

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा थप कडा गर्दै खाद्यान्न पसलसमेत बन्द गरिँदै छ । एक साताका लागि खाद्यान्न र किराना पसल खोल्न रोक लगाइएको हो ।

तर तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने खुल्ने छन् । त्यस्ता पसल खोल्ने समय एक घण्टा घटाएर बिहान ९ बजेसम्म तोकिएको छ । 

सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर बन्ने र नमान्नेलाई जेल सजायसम्म हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइएको हो । गम्भीर रुपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको एक हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन् । 

यसैबीच खाद्य वस्तु अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत पालिकाहरुसँग समन्वय गरेर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले जनाएका छन् ।

त्यस्तो खाद्य बस्तु व्यवस्थापनका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द ९८५१३२०३१४, विभागीय प्रमुख भीमबहादुर थापा ९८५११३६७८५ र प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा ९८५११२१७८८ लाई फोन गर्न व्यवस्था मिलाइएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९८५१०२२५६४, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९८५१११३६६०, र प्रज्वल प्रधान ९८४१३३२९९० लाई फोन गर्न सकिने उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि