साउन १३, २०७८, बुधबार
               

२१८ किलो गाँजासहित चालक र सहचालक पक्राउ

नेपाल फ्ल्यास
जेठ १३, २०७८

ADVERTISEMENT

बारा । जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २१८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ट्याङ्करका चालक महोत्तरी बर्दिवास नगरपालिका-८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका-२ बस्ने राजकुमार दवाडी रहेका छन् ।

काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जान लागेको उक्त ट्याङ्करमा अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्याङकरको च्याम्बरभित्र १९ पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यो पनि